असोज २९, २०८३ बिहिबार October 15, 2026

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र

अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२ को दफा १७(१) बमोजिम अस्थायी मतदान केन्द्र तोकिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचन प्रयोजनका लागि बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा अस्थायी  मतदान केन्द्र तोकिएको छ ।

जिल्ला निर्वाचन कार्यालयले आज सूचना जारी गरी अस्थायी मतदान केन्द्र निर्धारण भएको हुँदा मन्त्रालय/आयोग/विभाग/आयोजना/कार्यालयमा कार्यरत सबै कर्मचारीलाई जानकारीका लागि अनुरोध गरेको छ ।

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचन प्रयोजनका लागि अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२ को दफा १७(१) बमोजिम अस्थायी मतदान केन्द्र तोकिएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया