रौतहट, फागुन २४ गते । रौतहट प्रहरीले लागु औषध गाँजा तथा हातहतियार खरखजाना मुद्दाका फरार कैदीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका–४ सरुका ४० वर्षीय रामनरेश साह रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले रौतहटको गौर नगरपालिका–९, सिर्सियाबाट पक्राउ गरेको हो ।
उनी जेनजी आन्दोनको क्रममा भदौ २४ गते कारागार कार्यालय गौर, रौतहटबाट फरार भएका थिए । उनलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय गौर, रौतहटमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया