असोज २९, २०८३ बिहिबार October 15, 2026

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

स्थानीय र प्रहरीको सहयोगमा आगो नियनत्र्णमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दमौली (तनहुँ), २९ फागुनः व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब रु दुई लाख बराबरको धनमाल क्षति भएको छ ।

व्यास नगरपालिका–१ विज्ञानचौरका शिव ताम्राकार र सोही नगरपालिका–६ बाह्रबिसेका पूर्णबहादुर श्रेष्ठले संयुक्त रुपमा सञ्चालन गरेको होटलमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले राससलाई बताउनुभयो । स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया