असार २२, २०८२ आइतबार July 6, 2025

राजस्थान रोलयल्सले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोलयल्सले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा राजस्थानले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको हो ।

शारजाहाँ क्रिकेट स्टेडियममा पन्जाबले दिएको २२४ रनको फराकिलो लक्ष्य पछएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रन बनायो । राजस्थानका लागि सन्जु श्यामसन, राहुल तेवातिया र स्टिप स्मिथले  अर्धशतकीय पारी खेले ।

४२ बल खेलको सन्जुले ४ चौका र ७ छक्काको सहयोगमा ८५ रन बनाए । त्यस्तै २७ बल खेलको स्टिभ स्मिथले ७ चौका र २ छक्काको सहयोगमा ५० रन बनाउन सफल भए । त्यस्तै राहुल तेवातियाले ३१ बल खेल्दै ७ छक्काको सहयोगमा ५३ रनको योगदान गरे ।

बलिङतर्फ पन्जाबका लागि मोहमद स्वामीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै शेल्डोन कट्रेल, मुर्गान अश्विन र जेम्स निसमले समान एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २२३ रन बनाएको थियो । पन्जाबका लागि मयंक अग्रवालले शतकीय पारी खेले । ५० बल खेलका उनले १० चौका र ७ छक्काको सहयोगमा १०६ रन बनाए ।

त्यस्तै केएल राहुलले अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले ७ चौका र १ छक्काको सहयोगमा ६९ रन बनाए । त्यस्तै विलेन म्याक्सवेलले १३ रन बनाउँदा निकोलस पोरानले २५ रनको योगदान गरे ।

बलिङतर्फ राजस्थानका लागि अंकित राजपुत र टोम करनले समान एक–एक विकेट लिए । आजको खेलमा जित निकालेसँगै राजस्थानले आईपीएलमा आफूलाई बलियो सावित गरेको छ ।  दुई खेल खेलको राजस्थानले चार अंक जोडेको छ । यता तीन खेल खेलको पन्जाबले दुई अंक जोडेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार