श्रावण २४, २०८३ आइतबार August 9, 2026

दुई महिनामै भित्रिए करिब ८ अर्बका मोबाइल, कुन देशबाट कति ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो दुई महिनाको अवधिमा करिब आठ अर्ब रुपैयाँ बराबरका मोबाइल नेपाल भित्रिएका छन् । भन्सार विभागले हालै प्रकाशित गरेको तथ्यांकअनुसार साउन र भदौमा मात्रै सात अर्ब ९४ करोड २४ लाख ५९ हजार रुपैयाँभन्दा बढीका मोबाइल सेट आयात भएका हुन् ।

यस अवधिमा कूल नौ लाख ९५ हजार पाँच सय थान मोबाइल भित्रिएका छन् । जसबापत राज्यले एक अर्ब २४ करोड ७० लाख १८ हजार रुपैयाँ राजस्व उठाएको छ ।

कोभिडको महामारीसँगै सुरु भएको लकडाउन महिनौंपछि खुकुलो भएको तथा दशैं नजिकिँदै  गरेको अवस्थामा मोबाइलको आयात उल्लेख्य मात्रामा बढेको हो । यस  अवधिमा स्मार्ट वाचको आयात समेत वृद्धि भएको छ ।

भन्सार विभागका अनुसार साउन र भदौमा तीन करोड ४१ लाख ४१ हजार रुपैयाँबराबरका १२ हजार ७२३ थान स्मार्टवाच नेपाल भित्रिएका छन् । यस्तै ४० करोड २८ लाख ५२ हजार रुपैयाँका एक लाख ४४ हजार एक सय वटा इन्टरने राउटर आयात भएका छन् ।

यस्तै साउन र भदौमा ९२ करोड ८८ लाख २३ हजार मूल्यका १७ हजार १९४ थान ल्यापटप तथा नोटबुक र १० करोड ४३ लाख ९९ हजार रुपैयाँका पाँच हजार ४२१ थान ट्याबलेट आयात भएका छन् ।

कुन देशबाट कति भित्रिए ?

सबैभन्दा बढी चीनबाट मोबाइल भित्रिएका छन् । भन्सारविभागको तथ्याङ्कअनुसार साउन र भदौमा मात्रै चीनबाट पाँच अर्ब १२ करोड ३८ लाख ४० हजार रुपैयाँ मूल्यका आठ लाख पाँच हजार ९४७ वटा मोबाइल नेपालमा आयात भएका छन् ।

चीनपछि दोस्रो धेरै मोबाइल भारतबाट भित्रिएका छन् । भारतबाट साउन र भदौमा दुई अर्ब ५४ करोड ४६ लाख ३० हजार रुपैयाँका एक एक लाख ७६ हजार ५०१ वटा मोबाइल आयात भएका छन् ।

भारतपछि भियतनामबाट २६ करोड २५ लाख १९ हजार रुपैयाँका १२ हजार ६५४ वटा मोबाइल आयात भएका छन् । बाँकी देशबाट जम्मा ३८७ वटा मोबाइल भित्रिएको भन्सार विभागको तथ्याङ्क छ ।

कुन देशबाट कति आयात भयो ?

देश संख्या रुपैयाँ
चीन ८०५९४७ ५१२३८४००००
भारत १७६५०१  २५४४६३०००
भियतनाम १२६५४  २६२५१९०००
हङकङ २०३ २०८५०००
अन्य १९३  ९३५५०००

स्रोतः टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ओली–प्रचण्ड सहमतिअनुसार प्रदेशमा अझै बनेनन् सरकार : कतै कांग्रेस बाधक, कतै पुगेन गणित
२०८३ श्रावण २४, आइतबार
ग्यासको कालोबजारी गर्ने पक्राउ
२०८३ श्रावण २३, शनिबार
१५औँ महाधिवेशन तोकिएकै समयमा हुने महामन्त्री पौडेलको दाबी
२०८३ श्रावण २३, शनिबार
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
२०८३ श्रावण २३, शनिबार
समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन
२०८३ श्रावण २३, शनिबार
संविधान संशोधन र संघीयता सुदृढीकरणको एजेन्डासहित आठ दलले बनाए ‘अग्रगामी मोर्चा’
२०८३ श्रावण २३, शनिबार
इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा : रिपोर्ट
२०८३ श्रावण २३, शनिबार