असार २६, २०८२ बिहिबार July 10, 2025

काठमाडौं- धुलिखेल विद्युतीय बस सञ्चालनमा आयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाडौंदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म बुधबारबाट विद्युतीय सार्वजनिक बस सञ्चालनमा आएको छ ।

सुन्दर यातायात प्रा.लि.ले धुलिखेल नगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्दै आएको नेपालकै पहिलो विद्युतीय बसले बुधबारबाट काठमाडौं- धुलिखेल सेवा दिन थालेको हो ।

नगरपालिकासँगको सहकार्यमा सञ्चालनमा आएको सो बस पहिलो चरणमा चारवटा मात्रै गुडेको नगरप्रमुख अशोक ब्याञ्जुले बताउनुभयो । उहाँले भन्नुभयो, “अबको केही दिनमा ३२ वटा बस सञ्चालनमा आउने छन् ।” प्रदेश सरकारको आर्थिक सहयोगमा धुलिखेलमा तीन रोपनी जग्गामा चार्ज स्टेशन बनाउने तयारी भइरहेको  उहाँले जानकारी दिनुभयो ।

बस सञ्चालनमा आएपनि भाडा दरको भने अझै टुङ्गो लागेको छैन । यस विषयमा छिट्टै निर्णय गर्ने बताउँदै नगर प्रमुख ब्याञ्जुले अन्य बस सेवाको भन्दा भाडादर सस्तो हुने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार