असार २२, २०८२ आइतबार July 6, 2025

आईपीएल टी-ट्वान्टी क्रिकेटमा राजस्थानमाथि कोलकाताको शानदार जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै कोलकाता विजयी भएको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा कोलकाताले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो। राजस्थानको यो पहिलो हार हो।

राजस्थानका टम करनले ५४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीले जित्न सकेन। खेलमा जोस बटलरले २१ रन र राहुल टेवाटियाले १४ रन बनाए। अरु ब्याट्सम्यानहरु दोहोरो अंकको रन जोड्न असफल भएका थिए।

कोलकाताका कमलेस नगरकोटी, वरुण चक्रवर्ती र शिवम माभीले २र२ विकेट लिए। खेलमा कोलकाताको कसिलो बलिङसामु राजस्थान निरीह देखियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो।

कोलकाताका लागि शुबमन गिलले ४७ रन र आन्द्रे रसेलले २४ रन जोडे। नितेश रानाले २२, सुनिल नारिनले १५ रन बनाए भने इयान मोर्गनले अविजित रहदै ३४ रन बनाएका थिए तर पाट कुमिन्सले १२ रन बनाएर आउट भए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार