असार २६, २०८२ बिहिबार July 10, 2025

सुर्खेत विमानस्थल विस्तार गर्न कर्णाली प्रदेश र नेपाल सरकारबीच समझदारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिको काम अघि बढाउन कर्णाली प्रदेश र नेपाल सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र पर्यटन सचिव केदार अधिकारीको रोहवरमा कर्णाली प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्याय र संघीय सरकारका तर्फबाट नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलबीच आज समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

स्तरोन्नतिको काम संघ र प्रदेश सरकारको लागत साझेदारीमा हुने भएको छ । साझेदारी अनुसार विमानस्थल निर्माणका लागि जग्गा अधिकरण, टर्मिनल भवन निर्माण, रनवे विस्तार र अन्य विकासका काम गरिने छन । समझदारी पत्र अनुसार विमानस्थलको धावनमार्गको लम्बाई एक हजार ५०० मिटरम विस्तार गरिने छ ।

उक्त विमानस्थल निर्माणका लागि कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि रु।५० करोड बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेशको राजधानीमा रहेको विमानस्थलबाट यहाँका १० वटै जिल्लामा जोडिन नसकेको हवाई सञ्जाल अब भने जोडिने आशा गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार