काठमाण्डाैंः तेक्वान्दोका नोर्बु लामाले पुम्से विधातर्फ दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णायकको लाइसेन्स प्राप्त गर्नुभएको छ ।
उहाँ पुम्से विधातर्फ दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णायकको लाइसेन्स पाउने पहिलो नेपाली निर्णायक बन्नुभएको छ । विश्व तेक्वान्दोले मान्यता दिएको प्रतियोगिताका साथै रिफ्रेसर कोर्समा सहभागी भएबापत उहाँले उक्त लाइसेन्स प्राप्त गर्नुभएको हो ।
लामाले सन् २००८ मा थाइलैण्डको बैंकक, सन् २०१२ मा मलेसिया, सन् २०१२ र २०१५ मा चीन तथा सन् २०१९ मा अष्ट्रेलियामा भएको अन्तर्राष्ट्रिय निर्णायक रिफ्रेसर कोर्समा सहभागिता जनाउनुभएको थियो ।
यस्तै सन् २०१९ मै अष्ट्रेलियामै भएको प्रेसिडेन्ट कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा समेत लामाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणाले लामालाई विश्व तेक्वान्दो संघबाट प्राप्त प्रमाणपत्र आज हस्तान्तरण गर्नुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया