असोज ५, २०८३ सोमबार September 21, 2026

सुनको मूल्य तोलाको २ लाख ९५ हजार नाघ्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो।

नयाँ मूल्य निर्धारण भएसँगै सोमबार प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज मंगलबारका लागि दुई लाख ९५ हजार ३०० रुपैयाँ तोकिएको छ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ। सोमबार प्रतितोला पाँच हजार ४० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आजका लागि भने पाँच हजार ८५ रुपैयाँ निर्धारण गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया