जेठ १०, २०८३ आइतबार May 24, 2026

वीरगन्ज भन्सार : १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

गत आवको १० महिनामा भने रु ६ खर्ब ९२ अर्ब ४३ करोड मूल्यका वस्तु तथा सामान आयात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगन्ज (पर्सा)। वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ ।

गत आवको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै रु एक खर्ब दुई अर्ब ४४ करोड अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको हो ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगन्ज हुँदै हुने आयातमा बढोत्तरी भएको बताउनुभयो । उहाँले चालु आवको पेटोलियम पदार्थ र फलाम तथा फलामजन्य वस्तुको आयातमा वृद्धि भएको बताउनुभयो । जबकि गत आवको १० महिनामा भने रु छ खर्ब ९२ अर्ब ४३ करोड मूल्यका वस्तु तथा सामान आयात भएको थियो ।

चालु आवको १० महिनामा रु एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने पाँच थरिका पेटोलियम पदार्थको आयात भएको छ । त्यसैगरी, सोही अवधिमा रु ६९ अर्ब ४२ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएको छ । रु ५७ अर्ब ६६ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ । त्यसैगरी रु ५५ अर्ब सात करोड मूल्य पर्ने भटमासको कच्चातेल आयात भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया