काठमाण्डौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले घटेको हो ।
२ लाख ९३ हजार ७ सय रूपैयाँमा किनबेच भएको सुन आज २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँले घटेर ५०१० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया