काठमाडौंः यूएइमा जारी इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले हराएको छ ।
मुम्बईले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा सात विकेट गुमाएर एक सय ७४ रन मात्रै बनाउन सक्यो । हैदरावादको लागि डेभिड वार्नरले ६० रन बनाए पनि जितको लागि पर्याप्त भएन ।
मुम्बईका टे्रन्ट बोल्ट, जेम्स प्याटिन्सन र जसप्रित बुमराहले समान दुई/दुई विकेट लिए । यसअघि यूएईको शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा पाँच विकेट गुमाएर दुई सय आठ रन बनायो । उसका लागि क्विन्टन डी ककले ६७ रन बनाए ।
यो जितसँगै ६ अङ्कका साथ मुम्बई शीर्ष स्थानमा पुगेको छ । हैदराबाद चार अङ्कसहित छैठौँ स्थानमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया