असोज ५, २०८३ सोमबार September 21, 2026

किसानलाई दूधको दैनिक एक करोड भुक्तानी

किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ ११ गते । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक रु एक करोड किसानलाई भुक्तानी भइरहेको छ।

पछिल्लो चार महिनाकोे करिब रु ५८ करोड बक्यौता दायित्वमध्ये हाल रु १२ करोड रकम भुक्तानी भइसकेको छ । एक महिनाको रकम आगामी असार १३ गतेभित्र भुक्तानी गर्ने तयारी छ । डिडीसीको हाल दैनिक करिब रु एक करोडको कारोबार भइरहेको छ । सो रकम दैनिक रुपमा किसानलाई भुक्तानी भइरहेको हो । बाँकी रहेको रकम करिब रु ४६ करोड दुई महिनामा भुक्तानी हुनेछ ।

दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढिरहेकाले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा जम्मा हुने मन्त्री चौधरीले बताउनुभयो । दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
UML Chair presents political report
२०८३ असोज ५, सोमबार
सरकारले कृषि क्षेत्रको आपूर्ति सुधारसम्बन्धी अध्ययन गरिरहेको छः मन्त्री चौधरी
२०८३ असोज ५, सोमबार
महिला भलिबलमा नेपाल हङकङसँग पराजित, अब ११औँ स्थानका लागि प्रतिस्पर्धा गर्ने
२०८३ असोज ५, सोमबार
२०औं एसियाली खेलकुद : चीन २३ स्वर्णसहित शीर्षस्थानमा
२०८३ असोज ५, सोमबार
धवलागिरिको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा
२०८३ असोज ५, सोमबार
कर्णालीको कृषि मन्त्रालयमा कर्मचारी सरुवामा भाँडभैलो, सत्ता निकटकालाई अवसरै अवसर !
२०८३ असोज ५, सोमबार
बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता
२०८३ असोज ५, सोमबार