असोज ५, २०८३ सोमबार September 21, 2026

सुनचाँदीको मूल्यमा भारी वृद्धि

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं,  । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा पाँच हजार छ सय र चाँदीको एक सय ७५ रुपैयाँ बढेको हो ।

बिहीबार सुनको भाउ तोलामा पाँच हजार पाँच सय र चाँदीको दुई सय १५ रुपैयाँ घटेको थियो ।

मूल्य बढेसँगै शुक्रबार छापावाला सुन प्रतितोला दुई लाख ९१ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि बिहीबार सुनको भाउ प्रतितोला दुुई लाख ८५ हजार रुपैयाँ रहेको थियो ।

यता बिहीबार प्रतितोला चार हजार आठ सय ६५ रुपैयाँ रहेको असली चाँदीको भाउ शुक्रबार बढेर पाँच हजार ४० रुपैयाँ पुगेको छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले कृषि क्षेत्रको आपूर्ति सुधारसम्बन्धी अध्ययन गरिरहेको छः मन्त्री चौधरी
२०८३ असोज ५, सोमबार
महिला भलिबलमा नेपाल हङकङसँग पराजित, अब ११औँ स्थानका लागि प्रतिस्पर्धा गर्ने
२०८३ असोज ५, सोमबार
२०औं एसियाली खेलकुद : चीन २३ स्वर्णसहित शीर्षस्थानमा
२०८३ असोज ५, सोमबार
धवलागिरिको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा
२०८३ असोज ५, सोमबार
कर्णालीको कृषि मन्त्रालयमा कर्मचारी सरुवामा भाँडभैलो, सत्ता निकटकालाई अवसरै अवसर !
२०८३ असोज ५, सोमबार
बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता
२०८३ असोज ५, सोमबार
सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म
२०८३ असोज ५, सोमबार