काठमाण्डौंः यूएइमा जारी १३ ओं संस्करणको इन्डियन प्रिमियर लिग आइपीएलमा साविक उप-विजेता चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ ।
आइतबार राती भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो । यो खेलमा जितसँगै चेन्नईले ५ खेलमा ४ अंक जोडेको छ ।
चेन्नई तालिकाको छैठौं स्थानमा समेत उक्लिएको छ । पन्जाबले ५ खेलमा २ अंक जोडेको छ । पन्जाब खेल तालिकाको पुछारमा रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया