असार २२, २०८२ आइतबार July 6, 2025

प्रिमियर लिग: लिभरपुरको एस्टन भिल्लासँग लज्जास्पद हार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लासँग ७-२ गोल अन्तरले पराजीत भएको हो ।

घरेलु मैदान भिल्ला पार्कमा पाहुना टोली लिभरपुललाई पराजित गर्न ओलिए वाट्किन्सले ह्याट्रिक गरे । त्यस्तै ज्याक ग्रेअलिसले दुई तथा जोन म्याकगिन र रोज बाक्र्लीले एक(एक गोल गरे । लिभरपुलका लागि मोहम्मद सलाहले दुई गोल फर्काएका थिए ।

खेलको चौथो मिनेटमै एस्टन भिल्लाले अग्रता लिएको थियो । ओलिएले ग्रेअलिसको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । २२औं मिनेटमा ओलिएले ग्रेअलिसको पासमै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।

३३औं मिनेटमा लिभरपुलका लागि सलाहले गोल गर्दै खेलमा फर्किने प्रयास गरेका थिए । ३९औं मिनेटमा ओलिएले ह्‍याट्रिक पूरा गर्दै पहिलो हाफमा लिभरपुललाई ४(१ ले पछि पारे ।

५५औं मिनेटमा बाक्र्लीले गोल गरे । ६०औं मिनेटमा सलाहले रोबर्टो फिर्मिन्होको पासमा गोल गर्दै गोल अन्तर ५-२ को पारे । ६६औं मिनेटमा ग्रेअलिसले गोल गरे । ७५औं मिनेटमा ग्रेअलिसले व्यक्तिगत दोस्रो गोल गर्दै एस्टन भिल्लालाई ७(२ को फराकिलो जित दिलाए ।

योसँगै जारी सिजनमा लिभरपुलले पहिलो हार व्यहोरेको छ । चार खेल खेलेको लिभरपुलले ९ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ । तीन खेल खेलेको एस्टन भिल्लाले भने लगातार तीनवटै खेलमा जित निकाल्दै ९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार