असोज ६, २०८३ मंगलबार September 22, 2026

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

अमेरिकी डलर एकको खरिददर एक सय ५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३१ पैसा कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १६ जेठः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर दुई सय तीन रुपैयाँ ५९ पैसा र बिक्रीदर दुई सय चार रुपैयाँ ३९ पैसा तथा स्वीस फ्राङ्क एकको खरिददर एक सय ९३ रुपैयाँ ८३ र बिक्रीदर एक सय ९४ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर एक सय आठ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय नौ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर एक सय ९० रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय १० रुपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय १८ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय १९ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५१ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४३ पैसा र बिक्रीदर ४० रुपैयाँ ५९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा तथा यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

मलेसियन रिङ्गिट एकको खरिददर ३८ रुपैयाँ २६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४१ पैसा, दक्षिण कोरियाली वन एक सयको खरिददर १० रुपैया ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६ रुपैयाँ ४७ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६४ पैसा र बिक्रीदर २३ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १९ रुपैयाँ ४४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ९४ रुपैयाँ ६२ पैसा र बिक्रीदर पाँच सय ९६ रुपिया ६१, बहराइन दिनार एकको खरिददर चार सय दुई रुपैयाँ ३९ पैसा र बिक्रीदर चार सय तीन रुपैयाँ ९८ पैसा तथा ओमानी रियाल एकको खरिददर तीन सय ९४ रुपैयाँ ०५ पैसा र बिक्रीदर तीन सय ९५ रुपैयाँ ६१ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार