काठमाण्डाैंः नेपाली बजारमा आज पँहेलो धातु सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
आइतबार प्रतितोला रु ९४ हजार ५०० मा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु ९४ हजार १०० मा कारोबार भएको छ । आइतबारको तुलनामा छापावाला सुन रु ४०० ले घटेको हो । यस्तै तेजाबी सुन आइतबारको तुलनामा रु ४०० ले ओरालो लागेको छ ।
आइतबार प्रतितोला रु ९४ हजारमा कारोबार भएको तेजाबी सुन आज भने प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।
आइतबार प्रतितोला रु एक हजार रु एक हजार १८० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा नै कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा समेत सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ ।- रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया