कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

नुवाकोटका १२ पालिकालाई साढे ३ अर्ब अनुदान, गत वर्षभन्दा बजेट घट्यो

१२ पालिकाका लागि साढे ३ अर्ब अनुदान, ठूला योजनामा बजेट अभाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विदुर । संघीय सरकारले वित्तीय समानीकरण अनुदान अनुसार नुवाकोट जिल्लाका १२ पालिकाहरुका लागि साढे ३ अर्बको हाराहारीमा सरकारी अनुदान प्रदान गरेको छ । मन्त्रालयले जारी गरेको वित्तीय समानीकरण अनुदान २०८३।०८४ अनुसार विदुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६३ करोड २८ लाख बजेट प्राप्त गरेको छ । संघीय सरकारले दिने विभिन्न् प्रकारका अनुदानलाई जोडेर जम्मा सो रकम पाउने छ ।

यस्तै बेलकोटगढी नगरपालिकाले ४८करोड ४४ लाख प्राप्त गर्नेछ । अन्य १० पालिकाहरुमा ककनी गाउँपालिकाले ३७ करोड ११ लाख, किस्पाड. गाउँपालिकाले २२ करोड ८१ लाख, तादी गाउँपालिकाले ३१ करोड ९४ लाख,तारकेश्वर गाउँपालिकाले २६ करोड १६ लाख ,दुप्चेश्वर गाउँपालिकाले ३५ करोड ४२ लाख प्राप्त गर्नेछ । यस्तै पञ्चकन्याले २९ करोड १ लाख ,म्यागड. गाउँपालिकाले २८ करोड ५२ लाख,लिुख गाउँपालिकाले २६ करोड ४६ लाख,शिवपुरी गाउँपालिकाले ३५ करोड ३६ लाख र सुर्यगढी गाउँपालिकाले २८ करोड ५१ लाख बजेट प्राप्त गर्नेछन् ।

नेपालको संघीय शासन प्रणालीमा गाउँपालिकाले संघीय र प्रदेश सरकारबाट विभिन्न चार प्रकारका अनुदानहरू प्राप्त गर्दछन् भने गाउँपालिका आफैँले पनि स्थानीय कृषक, उद्यमी र विद्यालयहरूलाई लक्षित गरी विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दछ । पालिकाले पाउने ४ प्रकारका अनुदानहरुमा वित्तीय समानीकरण अनुदान जसमा गाउँपालिकाको खर्चको आवश्यकता र राजस्वको क्षमताको विश्लेषण गरी तोकिएको सूत्रका आधारमा यो अनुदान प्रदान गरिन्छ। यसको उपयोग गाउँपालिकाले आफ्नो प्राथमिकताअनुसार गर्न सक्छ ।

यस्तै सःशर्त अनुदानमा संघीय वा प्रदेश सरकारले तोकेका खास योजना, नीति र कार्यक्रमहरू जस्तैः शिक्षा, स्वास्थ्यका कर्मचारीको तलब, लक्षित वर्गका कार्यक्रम कार्यान्वयन गर्न यो अनुदान दिइन्छ ।समपूरक अनुदानमा गाउँपालिकाले प्रस्ताव गरेका ठूला पूर्वाधार वा विकास आयोजनाहरूमा लागत साझेदारी गर्नका लागि संघीय सरकारले समपूरक अनुदान प्रदान गर्दछ ।विशेष अनुदानमा विशेष प्रकृतिको विकास कार्य सञ्चालन गर्न वा पछाडि परेका क्षेत्र तथा समुदायको उत्थानका लागि यो अनुदान दिने गरिएको छ । सरकराले प्रादन गर्ने अनुदान गत वर्षभन्दा केही कम देखिएको छ ।

तत्कालिन अवस्थामा नुवाकोट जिल्लामा ठुला सडक तथा अन्य पूर्वाधारमा समेत प्रयाप्त बजेटको व्यवस्था गरिएको भएपनि यो पटक भने क्रमागत योजनाहरु गल्छी –त्रिशूली –स्याफ्रुबेसी र रानीपौवा –पिपलटार सडक बाहेक अन्य स्थानमा बजेट देखिएको छैन । जिल्लामा बजेट कम भएको भन्दै सामाजिक सञ्चालजबाट वर्तमान सत्ताधारी दल र तिनका नेताहरुप्रति आलोचना भैरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार