श्रावण १३, २०८३ बुधबार July 29, 2026

नेप्से परिसूचक चार अङ्कले घट्यो

कारोबारका आधारमा सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २९ जेठः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार अङ्कले घटेर दुई हजार सात सय २४ दशमलव शुन्य तीन अङ्कमा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक शुन्य दशमलव ५३ अङ्कले ओरालो लागेर चार सय ६७ दशमलव ०९ अङ्कमा सीमित भएको छ । कूल तीन सय ४२ कम्पनीको ९८ लाख ५६ हजार पाँच सय २५ कित्ता शेयर रु चार अर्ब ३४ करोड १० लाख ९४ हजार सात सय ६४ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार, कारोबार भएकामध्ये ९१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने एक सय ६७ कम्पनीको शेयर मूल्य भने घटेको छ । यस्तै, १३ कम्पनीको भने कुनै परिवर्तन भएको छैन ।

कारोबारका आधारमा सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा छ । यस्तै, सिटी होटल, आँखु खोला जलविद्युत् कम्पनी, हिमाल दोलखा हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल लिमिटेड शीर्ष पाँचमा पर्न सफल भएका छन् ।

सोपान फर्मा फर्मासिटिकल्स, अपोलो हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्कीम र हिमाल दोलाखा हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस्तै, कालिञ्चोक हाइड्रोपावर, एसबिएल डिवेञ्चर, नेपाल एबिआई बैंक डिवेञ्चर, सप्तकोशी डेभलपमेन्ट बैंक र केबिएल डिवेञ्चरका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार