असार ४, २०८३ बिहिबार June 18, 2026

जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन

एकसय दिनको एनसिसी तालिमअन्तर्गत ७९ दिन जिल्लामै सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जुम्ला, ४ असारः जुम्लाको कनकासुन्दरी गाउँपालिका– ५ स्थित कनकासुन्दरी माध्यमिक विद्यालयका विद्यार्थीलाई नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) जुनियर डिभिजन तालिम प्रदान गरेको छ ।

जुम्लास्थित नेपाली सेनाको देवीदत्त गणले सो विद्यालयका विद्यार्थीलाई यही असार १ गतेदेखि राष्ट्रिय सेवा दल जुनियर तालिम आज सञ्चालन गरिएको देविदत्त गणका गणपति प्रमुख सेनानी धीरज थापाले बताउनुभयो ।

एकसय दिनको एनसिसी तालिमअन्तर्गत ७९ दिन जिल्लामै सञ्चालन हुने छ । बाँकी २१ दिन नेपालगञ्जमा तालिम सञ्चालन हुने भएको छ । तालिममा विद्यार्थीलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जवाफदेहिता, इमानदारिता र बफादारीताबारे प्रशिक्षित गरिने प्रमुख सेनानी थापाको भनाइ छ ।

कनकासुन्दरी गाउँपालिकाका प्रमुख दामोदरप्रसाद आचार्यले विपद् व्यवस्थापन, सरसफाइ तथा वातावरण संरक्षणलगायतका विषयमासमेत जानकारी गराइने सो तालिमको महत्व दीर्घकालीन रहेको बताउनुभयो ।

विद्यालयले नेपाली सेनाको पहलमा हुने सो तालिमबाट राष्ट्र र राष्ट्रियता प्रतिबद्ध, वातावरण संरक्षणमा सचेत तथा अनशासित जनशक्ति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरेको छ । नेपाली सेनाले देशव्यापी रुपमा यसकिसिमको तालिम कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्दै बागमती प्रदेश सरकार
२०८३ असार ४, बिहिबार
शुक्लाफाँटा मध्यवर्ती क्षेत्रका विद्यालयमा सेनाको संरक्षण सचेतना अभियान, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
२०८३ असार ४, बिहिबार
जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन
२०८३ असार ४, बिहिबार
सुनचाँदीको मूल्य घट्यो
२०८३ असार ४, बिहिबार
अमेरिका इरानद्वारा इस्लामाबाद एमओयूमा इलेक्ट्रोनिक हस्ताक्षर:पाकिस्तानी प्रधानमन्त्री सरिफ
२०८३ असार ४, बिहिबार
विपन्न बस्तिमा सुरक्षित पक्की घर बन्न थालेपछि …
२०८३ असार ४, बिहिबार
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८३ असार ४, बिहिबार