असार ४, २०८३ बिहिबार June 18, 2026

शुक्लाफाँटा मध्यवर्ती क्षेत्रका विद्यालयमा सेनाको संरक्षण सचेतना अभियान, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

कक्षा ८, ९ र १० मा अध्ययनरत १२९ जना छात्रछात्रालाई शैक्षिक तथा खेलकुदको सामग्री वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महेन्द्रनगर, ४ असारः कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका विद्यालयमा नेपाली सेनाले प्रकृति संरक्षण तथा मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि सचेनामूलक कार्यक्रम गर्दै आएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको रणसिंह दल गणले बेदकोट नगरपालिका–१० चतहरीस्थित रत्न माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रकृति संरक्षणसम्बन्धी सचेतनाका प्रदान गरिएको हो ।

रणसिंहदल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले प्रकृति संरक्षण, मानव वन्यजन्तु द्वन्द्व तथा न्यूनीकरणका उपायसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँले त्यसअवसरमा कक्षा ८, ९ र १० मा अध्ययनरत १२९ जना छात्रछात्रालाई शैक्षिक तथा खेलकुदको सामग्री वितरण गर्नुुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषकाका कार्यालय प्रमुख लक्ष्मीराज जोशीले ईको क्लबमा आबद्ध विद्यार्थीलाई कृषि औजार तथा बोट बिरुवा हस्तान्तरण गर्नुभयो ।

सेनाले मध्यवर्ती क्षेत्रका स्थानीय विद्यालयका छात्रछात्रालाई सहभागी गराई प्रकृति संरक्षणको महत्व, मानव वन्यजन्तु द्वन्द्व, न्यूनीकरणका उपाय, जनावरको आनीबानी, मानवीय व्यवहारसम्बन्धी सचेतनामूलक कार्यक्रम नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लबबहादुर विष्ट, बेदकोट नगरपालिका–१० का अध्यक्ष रतनसिंह विष्ट, वेदकोट उपभोक्ता समितिका अध्यक्ष भानुमति खडायत, श्रीरत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक शेरबहादुर सार्कीलगायत सचेतामूलक कार्यक्रमको महत्त्वबारे आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्दै बागमती प्रदेश सरकार
२०८३ असार ४, बिहिबार
शुक्लाफाँटा मध्यवर्ती क्षेत्रका विद्यालयमा सेनाको संरक्षण सचेतना अभियान, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
२०८३ असार ४, बिहिबार
जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन
२०८३ असार ४, बिहिबार
सुनचाँदीको मूल्य घट्यो
२०८३ असार ४, बिहिबार
अमेरिका इरानद्वारा इस्लामाबाद एमओयूमा इलेक्ट्रोनिक हस्ताक्षर:पाकिस्तानी प्रधानमन्त्री सरिफ
२०८३ असार ४, बिहिबार
विपन्न बस्तिमा सुरक्षित पक्की घर बन्न थालेपछि …
२०८३ असार ४, बिहिबार
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८३ असार ४, बिहिबार