असोज ६, २०८३ मंगलबार September 22, 2026

सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा ठुलो मात्रामा गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १० हजार ५ सय रुपैयाँले घट्दै सुनको कारोबार मूल्य २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँमा झरेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरूले बताएका छन्।

सुनको मूल्यमा एकैदिन ठूलो गिरावट आउँदा खरिदकर्ताहरू उत्साहित भएका छन् भने लगानीकर्ताहरूले बजारको आगामी अवस्थाबारे चासो व्यक्त गरेका छन्। पछिल्ला दिनहरूमा सुनको मूल्य निरन्तर उच्च विन्दुमा पुगेकाले बजारमा मूल्य समायोजन भएको अनुमान गरिएको छ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ६४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा स्थिर रहेको बताइएको छ।

अन्तर्राष्ट्रिय बजारको अवस्था, अमेरिकी डलरको विनिमय दर, विश्व अर्थतन्त्र तथा भू–राजनीतिक घटनाक्रमले सुन–चाँदीको मूल्य निर्धारणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले आगामी दिनमा पनि मूल्यमा उतारचढाव जारी रहने अनुमान गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया