असार ५, २०८३ शुक्रबार June 19, 2026

राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी

बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गर्दशन २०८३ जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गर्दशन २०८३ जारी गरेको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन २०८३ आज जारी गरिएको बताउनुभयो । सो मार्गदर्शनमा जसमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेका ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका फाइनान्स कम्पनी र ‘घ’ लघुवित्त कम्पनीलाई समेटर मार्गनिर्देशन जारी गरेको हो ।

“इजाजतपत्र प्राप्त संस्थाको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई नियुक्त गर्दाका बखत नै निजले पाउने वार्षिक तलब, भत्ता तथा अन्य सुविधाको सम्बन्धमा सम्झौतापत्रमा स्पष्ट उल्लेख गर्नुपर्नेछ’’, मार्गदर्शन निर्देशिकामा भनिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया