कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

एभरेष्ट बैंक एनसीएचएलको ईएफटी कार्ड स्विचमा आबद्ध, अब नेपालपे कार्ड पनि जारी गर्ने

हाल एनसीएचएलको ईएफटी कार्ड स्विचमा ११ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, १८ असार । एभरेष्ट बैंक लिमिटेडले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियोलाई नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) द्वारा सञ्चालित ईएफटी कार्ड स्विच प्रणालीमा सफलतापूर्वक स्थानान्तरण गरेको छ। यससँगै बैंकका भिसा कार्डसम्बन्धी इस्यूइङ्ग, अक्वायरिङ्ग तथा कारोबारको प्रोसेसिङ र राउटिङ अब एनसीएचएलको ईएफटी कार्ड स्विचमार्फत हुने भएको छ।

बैंकले यो प्रणालीमा आबद्ध भएसँगै अब नेपालपे कार्ड पनि जारी तथा स्वीकार गर्ने जनाएको छ। यसबाट राष्ट्रिय कार्ड प्रणालीमा बैंकको सहभागिता थप सुदृढ हुनुका साथै देशभरका एटीएम, पीओएस तथा डिजिटल भुक्तानी प्रणालीमा नेपालपे कार्डको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। नेपालपे कार्ड र अन्तर्राष्ट्रिय डिस्कोभर कार्डबीचको सहकार्यका कारण बैंकका कार्डहरूको अन्तर्राष्ट्रिय स्वीकार्यता समेत विस्तार हुने बैंकले जनाएको छ।

एभरेष्ट बैंकका अनुसार पुरानो कार्ड स्विच प्रणालीबाट एनसीएचएलको ईएफटी कार्ड स्विचमा स्थानान्तरण हुनु बैंकका लागि महत्वपूर्ण रणनीतिक उपलब्धि हो। यसले कार्ड कारोबारको सञ्चालनलाई थप प्रभावकारी, सुरक्षित र लागत–प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ।

हाल एनसीएचएलको ईएफटी कार्ड स्विचमा ११ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध छन्। गत आर्थिक वर्षमा उक्त प्रणालीमार्फत ४.२८ खर्ब रुपैयाँभन्दा बढीको कार्ड कारोबार प्रशोधन भएको थियो। एभरेष्ट बैंकले हाल देशभर १३२ शाखा, ३२ राजस्व संकलन काउन्टर, ४ विस्तारित काउन्टर र १६७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार