असार २१, २०८३ आइतबार July 5, 2026

ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली

एकतर्फी सडकमा सवारी चलाउने ६५ र अन्य सवारी नियम पालना नगरेका एक हजार ११० जनालाई कारबाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २१ असारः बितेका २४ घण्टामा एक हजार ८१३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख २८ हजार ५०१ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको नौ, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०५, सङ्केत बत्ती उल्लङ्घनकर्ता ११९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडकपेटीमा ‘पार्किङ’ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ६५ र अन्य सवारी नियम पालना नगरेका एक हजार ११० जनालाई कारबाही गरिएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उखु किसानको ९२ प्रतिशत रकम भुक्तानी गरिएको सरकारको दाबि
२०८३ असार २१, आइतबार
ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली
२०८३ असार २१, आइतबार
प्रतिनिधि सभाका दुई समितिको बैठक बस्दै
२०८३ असार २१, आइतबार
महिला टी-२० विश्वकपको फाइनलमा आज अस्ट्रेलिया र इङल्याण्ड आमने सामने
२०८३ असार २१, आइतबार
सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा काँग्रेसले छलफल गर्दै
२०८३ असार २१, आइतबार
सुदूरपश्चिमको बजेट : निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
२०८३ असार २१, आइतबार
आजको मौसम : गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ असार २१, आइतबार