काठमाण्डौंः शुक्रबार नेपालको बजारमा सुनको मुल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ ।
हिजो (बिहिबार) सामान्य गिरावट आएको सुनको मुल्य आज पुन: बढेर तोलाको ९४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार तोलामा २ सय रुपैयाँ घटेकोे सुनको मुल्य तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको थियो ।
यसैगरी सुनको मूल्य बृद्धिसँगै चाँदीको मुल्य पनि आज बढेको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया