असोज ५, २०८३ सोमबार September 21, 2026

अभियान लघुवित्तको ६७ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २२ असार । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड ले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ६७ हजार ३५० कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। कम्पनीले सोमबारदेखि उक्त सेयर बिक्री प्रक्रिया अघि बढाएको हो।

संस्थाका अनुसार बिक्रीमा राखिएको सेयर हालका संस्थापक सेयरधनीहरूलाई प्राथमिकताका आधारमा खरिदका लागि उपलब्ध गराइएको छ। यस अवधिमा संस्थाका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन संस्थाको केन्द्रीय कार्यालय पनौती तथा सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्सालमा बुझाउन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

निर्धारित अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट पर्याप्त आवेदन नपरेमा बाँकी सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्रीका लागि खुला गरिने कम्पनीले स्पष्ट पारेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया