असार ३०, २०८३ मंगलबार July 14, 2026

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव २० अङ्कले बढेर १५२ दशमलव ५० मा पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३० असारः धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ११ अंकले बढेर दुई हजार पाँच सय ७६ दशमलव २६ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शूल्य दशमलव ७९ अङ्कले उकालो लागेर ४५१ दशमलव ३४ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शूल्य दशमलव ३२ अङ्कले बढेर १७६ दशमलव ८८ मा पुगेको छ ।

सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव २० अङ्कले बढेर १५२ दशमलव ५० मा पुगेको छ । आज विभिन्न कम्पनीको एक करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर रु आठ अर्ब ४१ करोड ७५ लाख ७० हजार ४२५ मूल्यमा खरिद बिक्री भएको छ ।

आज १३ उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घट्यो । आज १६४ कम्पनीको सेयर बढ्यो भने १०१ कम्पनीको सेयर घट्यो । त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार कामना सेवा विकास बैंकको डिबेञ्चर, साङ्ग्रिला विकास बैंकको डिबेञ्चर, उपकार लघुवित्त संस्था लगायतका लगानीकर्ताले कमाएका छन् भने सामुदायिक लघुवित्त वित्तीय संस्था, नेपाल एसबिआई बैंक डिबेञ्चर र स्वावलम्वन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज गुमाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार