असोज २१, २०८३ बुधबार October 7, 2026

पातेटाकुरा खोलाको पुल निर्माणसम्पन्न

शान्तिनगर गाउँपालिका वडा नं ३ मा पर्ने पातेटाकुरामा निर्माण भएको पुल सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तुलसीपुर (दाङ), ३१ असारः गहतेखोला बाघमारे सडकखण्डको पातेटाकुरा खोलामा निर्माण गरिएको पुल सञ्चालनमा आएको छ ।

शान्तिनगर गाउँपालिका वडा नं ३ मा पर्ने पातेटाकुरामा निर्माण भएको उक्त पुल मङ्गलबारदेखि सञ्चालनमा आएको हो । लुम्बिनी प्रदेश सरकारको लगानीमा सडक पूर्वाधार विकास कार्याालय, दाङमार्फत उक्त पुल निर्माण भएको हो । उक्त पुलले तुलसीपुर उपमहानगरपालिका–१ र शान्तिनगर गाउँपालिका–३ लाई जोड्छ ।

पुल निर्माण नहुँदा आवतजावतमा निकै कठिनाइ हुने गरेको थियो । पुल बनेपछि उक्त समस्या हटेको शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको भनाइ छ । “पुल नहुँदा बर्सातमा बाढीले छेक्ने गथ्र्यो,” उहाँले खुसी हुँदै भन्नुभयो, “खोलाले केहीलाई बगायो पनि, अब भने यो समस्या हटेर जाने भयो ।”

तोकिएको समयमै पुल निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । २०८१ असार १६ गते मोरङको प्रेमा कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले कामको पुल निर्माणको जिम्मेवारी पाएको थियो । निर्माण व्यवसायीले यही असारमा काम सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो । सम्झौताअनुरुप निर्माणसम्पन्न गरेकाले निर्माण व्यवसायीलाई सम्मान गरिएको तुलसीपुर उपमहानगरपालिका वडा नं १ का अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

कुल २० मिटर लम्बाइ र १० मिटर चौडाइको उक्त पुलको ठेक्का रकम मूल्य अभिवृद्धि करसहित रु चार करोड १० लाख ४४ हजार रहेको शान्तिनगर गाउँपालिका वडा नं ३ का अध्यक्ष मीनबहादुर केसीले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Money Laundering Department Raids Homes of Former Chief Justice Rana and Associates
२०८३ असोज २१, बुधबार
संसदीय टोली विपद् प्रभावित क्षेत्रको अवलोकन गर्दै
२०८३ असोज २१, बुधबार
उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित
२०८३ असोज २१, बुधबार
महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन पारित
२०८३ असोज २१, बुधबार
कांग्रेसको महाधिवेशन ऐतिहासिक, नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे
२०८३ असोज २१, बुधबार
दक्षिण कोरियाको अन्तरिक्ष अभियानमा ठूलो सफलता, ‘नुरी’ले १५ उपग्रह पठायो
२०८३ असोज २१, बुधबार
स्वास्थ्यमन्त्री मेहताद्वारा टेलिमेडिसिन सेवा प्रभावकारी बनाउने विषयमा छलफल
२०८३ असोज २१, बुधबार