असोज ५, २०८३ सोमबार September 21, 2026

सुन–चाँदीको मूल्य बढ्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार तोलामा १२ सय रूपैयाँले घटेर कारोबार भएको सुनको भाउ बुधबार प्रतितोला आठ सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको दुई लाख ८४ हजार आठ सय रूपैयाँ निर्धारण भएको छ। अघिल्लो कारोबार दिन (मंगलबार) सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि वृद्धि भएको छ। बुधबार चाँदी प्रतितोला चार हजार चार सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदी चार हजार तीन सय ६० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा ५५ रूपैयाँ बढी हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया