काठमाण्डौंः सप्तरीमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
डाक्नेश्वरी नगरपालिका-७ ब्रहमपुर घर भई सदरमुकाम राजविराज वडा नम्बर- ६ मा डेरामा बस्दै आएकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।
केही दिन यता ज्वरो र रुघाकोखी देखिएकी महिलाको स्वाब संकलन गर्दा गत असोज २० गते रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनी होम आइसोलेसनमै बस्दै आएकी थिइन् ।
आइतबार बिहान श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाई छिन्नमस्ता अस्पताल लगिएको थियो । अस्पताल पुर्याइएको केही बेरमै उनको मृत्यु भएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया