काठमाडौं: शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोभिड-१९ पोजेटिभ देखिएको उनको निजी सचिवालयले जनाएको हाे।
मन्त्री पोखरेलमा कोरोना संक्रमणका लक्षणसमेत देखिएका छन्। ज्वरो आएपछि शनिबार पाटन अस्पताल भर्ना भएका पोखरेललाई आइतबार कोरोना पोजिटिभ देखिएको हो।
केहि दिन यता उनको सम्पर्कमा आएकाका सबैलाई सतर्क र सुरक्षति रहन मन्त्री पोखरेलको सचिवालयले अनुरोध गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया