काठमाण्डाैंः इन्डियन प्रिमियर लिग (आईपीएल)को सिजन १३ को २५ औं खेल रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले जितेको छ । शनिबार राति दुबईमा भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले चेन्नई सुपर किंग्स (सीएसके)लाई ३७ रनले मात दिएको हो ।
१७० रनको लक्ष्य पछ्याएको महेन्द्र सिंहको धोनीको अगुवाईमा चेन्नईको टिमले निर्धारित ओभरमा १३२-८ रन मात्रै बनाउन सक्यो ।
योसँगै रोयल च्यालेन्जर्स बेंगलुरुले चौथो जित हाँसिल गरेको छ । त्यस्तै, अंक तालिकामा आरसीबी चौथो स्थानमा रहेको छ । आरसीबीको यो छैटौं खेल थियो । त्यसोत, चेन्नई सुपर किंग्सको यो पाँचौं हार हो । यो चेन्नईको सातौं खेल हो ।
यस पटक पहिले खेल खेल्न उत्रिएका क्रिस माँरिसलाई तीन (४ ओभरमा १९ रन दिएर) सफलता मिल्यो । इसुरु उदानालाई एक विकेट मिल्यो ।
रोयल च्यालेन्जर्स बेंगलुरुले कप्तन म्यान अफ द म्याच विराट कोहलीको नट आउट ९० रनको आक्रमक अर्धसतकीय मद्दतबाट टस जितेर ब्याटिङ गर्दै चार विकेटमा १६९ रन बनायो । कोहलीले आफ्नो पारीको दौरानमा ५२ बलको सामना गरे, जहाँ ४ चौका र चार छक्का सामेल छन् ।
देवदत्त पडिक्कलले ३४ बलमा ३३ रन (दुई चौका एक छक्का)को योगदान दिए । कोहलीले पडिक्कलको साथमा दोस्रो विकेटको लागि ५३ रन र विम दुवे (नट आउट २२)को साथमा पाँचौं विकेटको लागि ७६ रनको साझेदारी गरे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया