असोज ३, २०८३ शनिबार September 19, 2026

वालेट प्रयोगकर्तालाई राष्ट्रिय परिचयपत्र अनिवार्य

भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा राष्ट्र बैंकको १५ औँ संशोधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, साउन १० गते । अबदेखि वालेट प्रयोगकर्ताले पनि राष्ट्रिय परिचयपत्र अनिवार्य अपडेट गर्नुपर्ने भएको छ । राष्ट्र बैङ्कले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५ औँ संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो ।

संशोधित व्यवस्था अनुसार अब डिजिटल वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य हुने भएको छ भने विद्यमान प्रयोगकर्ताले पनि २०८३ असोज मसान्तभित्र आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने भएको छ ।

भुक्तानी प्रणाली विभागले जारी गरेको परिपत्र अनुसार अब भुक्तानी सेवाप्रदायकको अनुमतिप्राप्त संस्थाले नेपाली नागरिकका लागि डिजिटल वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेख अनुसारको विवरण प्रयोग गर्नुपर्ने भएको छ ।

संशोधित व्यवस्था अनुसार अनुमतिप्राप्त संस्थाले २०८३ असोज मसान्तभित्र आफ्ना सबै वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वपरीक्षण गर्नुपर्ने छ । राष्ट्रिय परिचयपत्र लिइसकेका ग्राहकका हकमा सोही अवधिभित्र मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट परिचयपत्र नम्बर अद्यावधिक गराउनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै राष्ट्रिय परिचयपत्र नलिएका ग्राहकलाई परिचयपत्र प्राप्त गरी विवरण अद्यावधिक गर्न प्रत्येक महिनामा मोबाइल एप वा अन्य माध्यमबाट जानकारी गराउने दायित्व पनि सेवाप्रदायकलाई दिइएको छ ।

राष्ट्र बैङ्कले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई विदेशबाटै अनलाइनमार्फत डिजिटल वालेट खोल्न सक्ने व्यवस्था पनि गरेको छ । यस्ता ग्राहकले प्रारम्भमा राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बरबाहेकका आवश्यक कागजातका आधारमा वालेट खोल्न सक्ने छन् तर नेपाल फर्किएको छ महिनाभित्र सम्बन्धित संस्थामा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरिसक्नुपर्ने संशोधित व्यवस्थामा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘संविधानका विभेदकारी प्रावधान सच्याउन पुनर्लेखनसम्म जानुपर्छ’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)
२०८३ असोज ३, शनिबार
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना
२०८३ असोज ३, शनिबार
संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड
२०८३ असोज ३, शनिबार
कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि वडा तहबाट सुरु
२०८३ असोज ३, शनिबार
पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
२०८३ असोज ३, शनिबार
आज कागे अष्टमी पर्व मनाइँदै
२०८३ असोज ३, शनिबार
परिवारले मृत्यु स्वीकारे, राज्यको सूचीमा अझै बेपत्ता
२०८३ असोज ३, शनिबार