काठमाडौं, ११ साउन । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि बहुमूल्य धातुको भाउ उकालो लागेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले वृद्धि हुँदै २ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर ४ हजार ४४५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४१० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा देखिएको उतारचढाव, अमेरिकी डलरको अवस्थालगायतका कारण स्थानीय बजारमा दैनिक रूपमा मूल्य समायोजन हुने गरेको व्यवसायीहरू बताउँछन्। महासंघले सार्वजनिक गरेको मूल्यका आधारमा देशभरका अधिकांश सुनचाँदी व्यवसायीले कारोबार गर्दै आएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया