काठमाण्डाैंः कोरोना संक्रमणमा कारण महिलाको मृत्यु भएको छ । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत रूपन्देहीकी एकजना कोरोना संकमित ३५ बर्षीय महिलाको सोमबार मृत्यु भएको छ ।
अस्पतालका निर्देशक डा।दयाराम लम्सालका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका –१५ की महिलाको सोमबार दिउँसो ४ बजे उपचारको क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएकी ती महिला असोज २१ गते अस्पताल भर्ना भएकी थिइन ।
असोज २० गते लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएको थियो ।
कोभिड कक्षको भेन्टिलेटरमा राखेर उनलाई उपचार गरिएको भएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया