श्रावण १७, २०८३ आइतबार August 2, 2026

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

हवाई इन्धनको मूल्य बढ्यो, एलपी ग्यास यथावत्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढाएर आएपछि निगमले इन्धनको मूल्य समायोजन गरेको हो। निगमले पेट्रोलमा प्रतिलिटर ३, डिजेल÷मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि भएको जनाएको छ।

त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २० र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले बढाइएको छ भने अन्तर्राष्ट्रिय पोखरा र भैरहवाको लागि ब्रेकइभेन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको छ।

नयाँ मूल्य मध्यराति देखि लागू हुने निगमले जनाएको छ।

761712055_2902815793391849_3768745556554810880_n

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया