काठमाडौं । सुनर चाँदी दुवैको मूल्य आज बढेको छ । आज सोमबार सुन तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो आइतबार सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँ घटेर २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी तोलामा ३५ रुपैयाँ बढेर ४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया