श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अढाइ सय एन्ड्रोइड एपमाथि गुगलले प्रतिबन्ध लगायाे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सर्च इन्जिन गुगलले प्ले स्टोरबाट करीब अढाइ सय वटा मोबाइल एपहरुलाई प्रतिबन्ध लगाएको छ । एन्ड्रोइड एपमा रहेका ती एपले प्रयोगकर्तामाथि अनधिकृत हर्कत गरेको पाएसँगै गुगलले ब्लक गरिदिएको हो ।

ती २ सय ४० वटा एपले एन्ड्रोइड प्रयोगकर्ताहरुलाई अनेक खालका अनावश्यक विज्ञापनहरु देखाउने लगायतका कार्य गरी गुगलको नियम उल्लंघन गर्ने गरेको हुँदा प्रतिबन्धित गरिएको हो ।

गुगलको सेक्योरिटी समूहले ती एप्लिकेसनविरुद्ध कारवाही गर्ने निर्णय गरेसँगै एपहरुलाई ब्लक गरिएको हो । त्यसरी ब्लक भएका एपहरुमा अधिकांश RAINBOWMIX ग्रुपका रहेका छन् । जसमा पुराना गेमहरु समेत छन् ।

उक्त ग्रुपका एपहरु हरेक दिन झण्डै डेढ करोड मानिसहरुले प्रयोग गर्दै आएका छन् । ती एपहरुले प्याकटर सफ्टवेयरको माध्यमबाट हरेक दिन डेढ करोड प्रयोगकर्तासामु अनेक खालका विज्ञापनहरु देखाउने गरेका थिए ।

प्रयोगकर्ताहरुलाई अनावश्यक तथा भ्रमपूर्ण विज्ञापन देखाएर दुस्ख दिएका ती एपहरु ब्लक गरेसँगै गुगलले आफ्ना एन्ड्रोइड फोनमा RAINBOWMIX ग्रुपका एपहरु भएमा तत्कालै डिलिट गर्न आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार