श्रावण ३१, २०८३ आइतबार August 16, 2026

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २१ साउन । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले वृद्धि हुँदै २ लाख ८८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ४७५ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ३८० रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उकालो लागेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार सुनको मूल्य प्रतिऔँस ४ हजार १२७ अमेरिकी डलर र चाँदीको मूल्य प्रतिऔँस ६० अमेरिकी डलर कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्। बजारमा सुनको मूल्यमा आएको यो वृद्धि पछिल्ला दिनकै उच्चमध्ये एक मानिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार