श्रावण २२, २०८३ शुक्रबार August 7, 2026

कोरियन राजदूतले राष्ट्रपतिसँग गरे बिदाइ भेट

द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने विषयमा विचार–विमर्श

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क टेयुङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटवार्तामा नेपाल–दक्षिण कोरिया सम्बन्ध, आपसी हितका विषय तथा द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने विषयमा विचार–विमर्श भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

भेटका क्रममा दुई देशबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध, आर्थिक, सामाजिक तथा विकास साझेदारीका विविध पक्षमा समेत कुराकानी भएको बताइएको छ। साथै, आपसी सहयोगलाई अझ प्रभावकारी बनाउँदै भविष्यमा द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो।

राष्ट्रपति पौडेलले नेपालका लागि राजदूतका रूपमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत पार्क टेयुङलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। उनले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध सुदृढ बनाउन राजदूत टेयुङले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि दुई देशबीचको मित्रता अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।

राजदूत पार्क टेयुङले आफ्नो कार्यकालमा नेपाल सरकार तथा नेपाली जनताबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै नेपालसँगको सम्बन्धलाई सदैव आत्मीय रूपमा सम्झिने बताएका थिए।

राष्ट्रपति कार्यालयका अनुसार भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया