असार २९, २०८२ आइतबार July 13, 2025

कोरोना संक्रमणबाट मंगलबार एकैदिन थप १८ जनाको मृत्यु- मृतकको संख्या ६ सय ६३ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं: नेपालमा थप १८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। मंगलबार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ६ सय ६३ पुगेको छ।

यस्तै, म‌ंगलबार नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा‍‍. गौतमले मिडिया ब्रिफिङ्गका क्रममा जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ। संक्रमितमध्ये ७८ हजार ७८० जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर १ हजार ५ सय ३ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया