श्रावण २५, २०८३ सोमबार August 10, 2026

सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २५ साउनः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु २००ले घटेर रु तीन लाख एक हजार ५०० कायम भएको छ । हिजो आइतबार एक तोला सुन रु तीन लाख लाख एक हजार ७०० मा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला रु २५ ले बढेर रु चार हजार ६७० पुगेको छ । हिजो एक तोला चाँदी रु चार हजार ६४५ मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ३२२ र चाँदीको मूल्य प्रतिऔँस ६३ अमेरिकी डलर कायम भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया