असोज २०, २०८३ मंगलबार October 6, 2026

धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद

साउन १ गतेदेखि २६ गतेसम्ममा विभिन्न स्थानबाट ८१ लाख सात हजार ७८६ बराबरको अवैध सामान बरामद सहित पाँच जना नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुरधाम। भन्सार चोरीपैठारी नियन्त्रण अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो २६ दिनमा रु ८१ लाख सात हजार ७८६ बराबरको अवैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार साउन १ गतेदेखि २६ गतेसम्ममा विभिन्न स्थानबाट ८१ लाख सात हजार ७८६ बराबरको अवैध सामान बरामद गरी पाँच जनालाई पक्राउ गरेको छ ।

यस्तै सो अवधिमा लागुऔषधसहित २४ जनालाई पक्राउ गरी १९ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले भएको जानकारी दिनुभयो । सो क्रममा ३४ किलो गाँजा, १८५.८२ ग्राम खैरोहेरोइन, २४३ थान नाइट्रोजेपाम, पाँच थान स्पास्मोरेटल, १४ थान एन्टिकफ ट्याब्लेट र नौ थान कोलिबेन बरामद गरिएको उहाँले बताउनुभयो ।

त्यसैगरी, हातहतियारसम्बन्धी एउटा मुद्दा दर्ता गरिएको र तीन जना व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । बरामद हातहतियारमा पेस्तोल एक थान, पेस्तोलको म्यागजिन एक थान, ७.६५ केएफ लेखिएको गोली एक थान र नौ एमएम केएफ लेखिएको गोली राउन्ड एक थान गरी पाँच थान सामग्री रहेको प्रहरीले जनाएको छ ।

उहाँका अनुसार फैसला कार्यान्वयन अभियानलाई पनि तीव्रता दिएको छ । यस अवधिमा ४१० वटा पक्राउ पुर्जी कार्यान्वयन गरिएको छ । विभिन्न अदालतबाट फैसला भएका व्यक्तिमाथि कारबाही गर्दै १५८ वर्ष आठ महिना सात दिन कैद सजाय कार्यान्वयन गरिएको तथा जरिवाना रु ६३ लाख ७७ हजार २६१ असुल गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार