असोज २०, २०८३ मंगलबार October 6, 2026

म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु

जिल्लामै पहिलो पटक विद्युतीय माध्यमबाट एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी, २९ साउनः बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामै पहिलो पटक विद्युतीय माध्यमबाट एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याएको छ ।

सङ्घीय सरकारले अघि सारेको शासकीय सुधारका कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश सरकार मातहत खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय डिजिटल प्रविधिलाई कार्यान्वयनमा ल्याउने यो कार्यालय पहिलो बनेको हो । कार्यालयको प्रशासनिक कार्यसम्पादनमा गुणात्मक सुधार, कागजी प्रक्रियामा कमी ल्याउने, अभिलेख व्यवस्थापन थप सुरक्षित र व्यवस्थित हुने, कार्य सम्पादनको अनुगमन तथा जवाफदेहिता अभिवृद्धि हुने तथा सेवा प्रवाहलाई थप छिटो, सरल र प्रभावकारी बनाउन सहयोग पुगेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले बताउनुभयो ।

“तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी बिदा र काज स्वीकृत,अभिलेख व्यवस्थापनलगायतका कार्यहरु डिजिटल प्रविधिबाट मार्फत थालिएको छ,” उहाँले भन्नुभयो, “यो प्रणाली लागू गरेपछि कार्यालयको कामकाजलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी हुने विश्वास लिएका छौ ।”

एकिकृत कार्यालय ब्यवस्थापन प्रणाली सुरु गर्नुअघि यही साउन दोस्रो हप्ता गण्डकी प्रदेश सरकारको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले कर्मचारीलाई प्रशिक्षण दिएको थियो । मन्त्रालयले अबको दुई महिनाभित्र प्रदेशका ११ वटै कार्यालयमा एकीकृत कार्यालय ब्यवस्थापन प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख उपसचिव लक्ष्मीभद्र वाग्लेले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार