काठमाडौँ, २९ साउनः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु चार हजार ६०० र चाँदी तोलामा रु ९० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य रु तीन लाख एक हजार ६०० कायम भएको छ । हिजो एक तोला सुन रु तीन लाख छ हजार २०० मा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य रु चार हजार ६६० कायम भएको छ । हिजो एक तोला चाँदी रु चार हजार सात सय ५० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३२६ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस करिब ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया