असोज २०, २०८३ मंगलबार October 6, 2026

मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

सडक स्तरोन्नति भएसँगै राजधानी प्रवेश र बाहिरने यात्रुले अहिले पाइरहेको हैरानीबाट मुक्त हुने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन, साउन २९ गते । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु सडक सम्झौताको तीन वर्ष छ महिनाको अवधिमा जम्मा ४६ प्रतिशत मात्र प्रगति भएको छ । करिब ९५ किलोमिटर दूरी रहेको त्यस राजमार्गलाई पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन गरी खण्डमा छुट्याइएर स्तरोन्नतिको काम अघि बढाइएको थियो ।

विसं २०७९ पुस १५ गते तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएका तेस्रो प्याकेजअन्तर्गतको नागढुङ्गा–मुग्लिन सडक ३८ दशमलव ८६ किलोमिटर लामो छ । आयोजनाको तेस्रो प्याकेजका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हालसम्म १८ किलोमिटर कालोपत्रेसहित ४६ प्रतिशत प्रगति भएको छ ।

हाल बर्खाको समय भएकाले अबको केही दिनपछि मात्रै काम अघि बढ्ने उहाँले बताउनुभयो । सो खण्डमा रहेका छ वटा पुलमध्ये चार वटाको काम अन्तिम चरणमा पुगेको छ । दुई वटा पुलको स्ट्रक्चरको काम भइरहेको छ । मिश्रका अनुसार सडक क्षेत्रमा रहेका घर, रुख र पोल स्थानान्तरणसहित नक्साङ्कनमा परिवर्तन हुँदा केही समय काममा ढिलाइ भएको हो ।

बिजुलीका पोल अझै सार्न बाँकी रहेको र निर्माण सामग्री समयमा नपाउँदा समयसीमाभित्र जिम्मेवारी पूरा गर्न ढिलाइ भएको आयोजनाले जनाएको छ । पछिल्लो समय बिटुमिनको अभावले पनि काममा ढिलाइ बनाएको जानकारी दिँदै सूचना अधिकारी मिश्रले भन्नुभयो, “विभिन्न कारणका बाबजुत निर्माण कम्पनीले कालोपत्रेका लागि दुईवटा अस्फाल्ट प्लान्ट सञ्चालन गर्न नसक्दा पनि ढिलाइ भएको हो ।” अब वर्षात सकिएसँगै कामलाई तीव्रता दिइने उहाँ बताउनुहुन्छ ।

कूल रु चार अर्ब ८० करोड ५९ लाख लागतमा विसं २०८२ पुस १५ भित्र काम सम्पन्न गर्ने प्रतिबद्धताकासाथ शर्मा–जेडआइसिजीले निर्माणको जिम्मा पाएको थियो ।

विश्व बैंकको सहुलियतपूर्ण ऋणमा अघि बढेको आयोजना राजधानी प्रवेश र बाहिरिने सवारीसाधनको उच्च चाप रहेको छ । त्यस सडक हुँदै दैनिक १५ हजार हाराहारी सवारीसाधन आवतजावत गर्ने अनुमान छ । सडक स्तरोन्नति भएसँगै राजधानी प्रवेश र बाहिरने यात्रुले अहिले पाइरहेको हैरानीबाट मुक्त हुनेछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार