असार २६, २०८२ बिहिबार July 10, 2025

शिवम् सिमेन्टका शेयरधनी हुने भए मालामाल (पत्र सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शिवम् सिमेन्टले आर्थिक वर्ष ०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई २४ दशमलव २१ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ  ।

बुधबार असोज २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यो प्रस्ताव नियामक निकायको स्वीकृती र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउने छन् ।

कम्पनीले अघिल्लो वर्ष शेयरधनीलाई १५ दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया